कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर

रातोघर

 २०८० भाद्र २१, बिहिबार  मा प्रकाशित
२६० पाठक संख्या


नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ।राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालले जानकारी दिए।

सहमहामन्त्री यादवको टाउकामा गम्भीर चोट लागेको र सिटी स्क्यान गर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको उनले बताएका छन्।उनको टाउकाको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जन चिकित्सकद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र घाउका टाँका लगाइएको छ।सहमहामन्त्री यादवमाथि बुधबार दिउँसा साढे २ बजे भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब अगाडि खुकुरी प्रहार भएको थियो। उनलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban