वीरगञ्ज : ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

रातोघर

 २०८० मंसिर ७, बिहिबार  मा प्रकाशित
६८८ पाठक संख्या


वीरगञ्ज ।

पर्सा प्रहरीले वीरगञ्जबाट लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्व चम्पारण मोतिहारी विर्ताटोल निवासी २५ वर्षीय यादोलाल कुमार रहेका छन् ।

अस्थायी प्रहरी पोस्ट घण्टाघर र लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जबाट खटिएको संयुक्त चेकिङ टोलीले सोमबार वीरगञ्ज महानगरपालिका – ८ घण्टाघर सडक खण्डबाट यादोलाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालय तर्फबाट शङ्कास्पद रूपमा साइकल चलाई पावर हाउसतर्फ जाँदै गरेको यदोलाललाई रोकी चेकजाँच गर्दा उनले लगाएको पाइन्टको बायाँ पट्टिको अगाडिको खल्ती भित्र सेतो प्लास्टिकमा लुकाइ छिपाई राखिएको लागूऔषध ब्राउन सुगर १० ग्राम फेला परेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।यादोलालमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी थापाले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban