पर्सामा पहिलोपटक ठोरीमा टेली हेल्थ सेवा सुरु हुने , प्रविधि मार्फत् अस्पतालको सेवा प्राप्त हुने

रातोघर

 २०८० मंसिर ७, बिहिबार  मा प्रकाशित
१०४२ पाठक संख्या


ठोरी ।

पर्साको ठोरी गाउँपालिकामा आँखा , कान र घाँटी सम्बन्धी विशेषज्ञ सहितको नियमित स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ । बिड्डपीड्ड नेत्र प्रतिष्ठान , काठमाडौंको सहयोगमा गापाको विजयबस्तीमा रहेको स्वास्थ्य चौकीमा एएड्डआईड्ड प्रविधि मार्फत टेली हेल्थ सेवा उपलब्ध हुन लागेको छ ।

पर्सामा नै पहिलोपटक ठोरी गाउँपालिकामा सो सेवा उपलब्ध गराउने गरी प्रतिष्ठानले उपकरण र चिकित्सकको व्यवस्था गर्ने तथा ठोरी गापाले व्यवस्थापन गर्ने गरी बिहीबार गापा कार्यालयमा सो सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा गापाका तर्फबाट अध्यक्ष लाल बहादुर श्रेष्ठ र प्रतिष्ठानको तर्फबाट अध्यक्ष डाड्ड गौरी शङ्कर लाल दासले हस्ताक्षर गर्नुभएको छ । आगामी दुई वर्षमा ठोरीका करीब ५ हजार जनालाई आधुनिक प्रविधि मार्फत् अस्पतालको सेवा पुर्याउने लक्ष्य राखेर सम्झौता गरिएको प्रतिष्ठानका अध्यक्ष डाड्ड दासले बताउनुभयो ।

दुरदराजमा रहेका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक प्रविधि मार्फत अस्पतालको सेवा प्रदान गरिने सो प्रतिष्ठानले जनाएको छ । टेली हेल्थ सेवाका रुपमा परिचित सो कार्यक्रम मार्फत् ठोरी बासीले निर्मलबस्ती स्वास्थ्य चौकीमा उपस्थित भई आँखा , कान र घाँटी सम्बन्धी विशेषज्ञ डाक्टरसँग निशुल्क परामर्श सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ ।

बिरामीले प्रविधि मार्फत विशेषज्ञ डाक्टरले लेखिदिएको औषधोपचार समेत गर्न सक्नेछन् भने शल्यक्रिया वा थप उपचारको जरुरी परेको अवस्थामा प्रतिष्ठानको केन्द्रीय कार्यालय भक्तपुर गई निश्चित् रकम तिरेर स्वास्थ्य सेवा लिन सक्नेछन्।

नेपाल सरकारले निशुल्क वितरण गर्ने औषधी बाहेक अन्य औषधीको रकम भने बिरामीले नै तिर्नुपर्ने ठोरी गापाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिनुभयो ।
प्रतिष्ठानसँगको सम्झौता पछि ठोरी गापा अध्यक्ष श्रेष्ठले टेली हेल्थ सेवाले ठोरीको जनताले स्वास्थ्य सेवा पाउन तथा रोग पहिचान गर्नकै लागि टाढा टाढाका अस्पताल र भारतसम्म नै पुग्नुपर्ने बाध्यता धेरै हदसम्म कमी हुने विश्वास व्यक्त गर्नुभयो ।

टेली हेल्थ सेवाको बारेमा ठोरीका प्रत्येक घरघरमा जानकारी गराउने काम गापाले गर्ने र सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रतिष्ठान गम्भीर भएर लाग्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो । प्रतिष्ठानको सेवा लक्षित वर्गमा पुर्याउन गापाले सबै किसिमको सहयोग गर्ने पनि उहाँको प्रतिबद्धता थियो ।

गापा कार्यालय घ्याङडाँडामा आयोजित टेली हेल्थ सेवा सम्बन्धी सम्झौता आदानप्रदान कार्यक्रममा गापा उपाध्यक्ष गोकुली कुमारी रेग्मी , ठोरी –४ का वडाध्यक्ष मान बहादुर थिङ लगायत स्वास्थ्यकर्मी तथा विभिन्न संघ संस्थाका अगुवा एवम् प्रतिष्ठान आबद्ध विभिन्न व्यक्तिहरुको सहभागिता थियो ।

कार्यक्रम लागु भएपश्चात् रोगलागेको स्थानको फोटो खिचेर कम्प्युटरमा अपलोड गरेपछि कम्प्युटरले केही सेकेन्डमै रोग पहिचान गर्ने बताइएको छ । यो प्रबिधी पर्सा जिल्लामा पहिलोपटक ठोरीमा ल्याउन लागिएको हो ।

उक्त प्रविधि मार्फत रोगीहरुको आर्टिफिसियल इन्टलिजेन्ट एप्लिकेसन मार्फत केही मिनेटमै समस्या पत्ता लगाइ भरपर्दो र बिश्वासनीय उपचार हुने भएको छ ।
ठोरी गाउँपालिकाको निर्मलबस्ती स्वास्थ्य चौकीमा डिजिटल प्रबिधी मार्फत आँखा, कान र घांटीका गम्भीर रोगहरुको विशेषज्ञ डाक्टरहरुद्वारा चेकजाँच हुने भएको हो ।

सो कार्यक्रम मार्फत् आँखा, कान र घांटीका बिरामीको डिजिटल सिस्टमबाट रोग भएको स्थान(घाउ वा अरु केही) को फोटो तथा आवश्यकता अनुसार भिडियोको अनलाईन सिस्टम मार्फत विशेषज्ञ डाक्टरहरुले चेकजाँच गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban