सामाजिक सुरक्षा कोषद्धारा जीतपुरसिमरा उपमहानगरलाई सम्मान

रातोघर

 २०८० मंसिर ११, सोमबार  मा प्रकाशित
९७० पाठक संख्या


बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकालाई सामाजिक सुरक्षा कोष काठमाडौले सम्मान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष काठमाडौले जीतपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेललाई प्रशंसा–पत्रले सम्मान गरेको हो ।

सामाजिक सुरक्षा कोषबाट अनौपचारिक क्षेत्रका लागि सञ्चालित सामाजिक सुरक्षा योजना कार्यान्वनमा जीतपुरसिमरा उपमहानगरपालिका, बाराले पालिका पात्रभित्र कार्यरत रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पालिकाको तर्फबाट सह–योगदान समेत गर्ने गरी कोषसँग सम्झौता गरेकोमा सम्मानित भएको हो ।

छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेयर पौडेललाई प्रशंसा–पत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सामाजिक सुरक्षा कोषका सञ्चालक समिति अध्यक्ष केवल प्रसाद भण्डारी, कोषका कार्यकारी निर्देशक कविराज अधिकारीको उपस्थिति रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban