

सिमरा ।
डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको अधिवेशन सहितको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको डुमरवाना बहुमुखी क्याम्पसमा संस्थाको अधिवेशन सहितको साधारणसभा सम्पन्न भएको हो ।
डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष टिकाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको २८औं साधारणसभाको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनुभएको थियो । प्रमुख अतिथि पौडेलले पानसमा दिप प्रज्वलन गरि कार्यक्रममो उद्घाटन गर्नुभएको थियो ।
संस्था स्थापना भएको २८ वर्ष पुरा भएसँगै २८औं साधारणसभामा सम्पन्न गर्दै संस्थाले आफ्नो प्रगति विवरण सहित प्रतिवेदन पेस गरेको थियो । संस्थाको तर्फबाट सोही संस्थाका अध्यक्ष न्यौपानेले प्रतिवेदन पेस गर्नुभएको थियो ।
२६ सय ८९ जना सेयर सदस्यहरू रहेका यस संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ७७ लाख ४९ हजार ५ सय ५५ रूपैया खुद नाफा गरेको छ । यता संस्थाको सम्पुर्ण पर्लस् सुचकहरू लक्ष्य अनुरूपनै रहेको छ ।
संस्थाको २८औं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले नगरका दुधको किसानको हितमा आफु गम्भिर रहेको बताएका छन् । उनले उत्पादनमुखी कृषि सहकारीहरुलाई किसानको आयआर्जनमुखी योजना नगरमा ल्याए लगानी गर्न आफु तयार रहेको समेत बताए । उनले नगरमा कृषि र पशुपालन क्षेत्रको बिशेष महत्व रहेको भन्दै सहकारीहरुले उत्पादनमा जोड दिई बजारीकरणको व्यवस्थालाई वलियो बनाउन आवश्यक रहेको समेत धारणा राखे ।
साधारणसभामा उत्कृष्ट विक्रेता, उत्कृष्ट कर्मकारी, उत्कृष्ट किसान र १ जना पत्रकारलाई सम्मान गरिएको थियो । सहकारीले पत्रकार वर्ष सम्मान २०८० बाट स्थानिय पत्रकार बिदुर खड्कालाई सम्मान गरेको छ । नगर २ हजार ५ सय रुपैँया राशी सहित कदर पत्रले खड्का सम्मानित भएका हुन् ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष चयन गुरूङ, वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, जीतपुरसिमरा उपमहानगरको सहकारी विभाग प्रमुख सुधन चौधरी, रा.स. सहकारी बैक सिमराका प्रमुख लयागतको उपस्थिति रहेको थियो ।
यसैविच, सभाले होमनाथ पण्डितको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ ।
संस्थाको अधिवेशन सहितको साधारण सभाबाट तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति र र १३ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा नारायाण प्रसाद घिमिरे, सचिव सम्झना चौलागाइँ, कोषाध्यक्ष नीलकण्ठ सापकोटा, सर्व सम्मत हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा चित्रकला बराल, सीता काफ्ले, रामप्रसाद अधिकारी, कुमार पुरी, राजेन्द्रप्रसाद जम्कटेल, सुनिल मैनाली, खिमा कटुवाल भट्टराई, नरबहादुर आले मगर र शिव कुमार कार्की रहनुभएको छ । यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजक तेजप्रसाद चौलागाईँ चयन हुनुभएको छ भने रमेश कुमार सापकोटा र सानु वर्तौला सदस्यमा सर्वसम्मत चयन हुनु भएको छ ।
सर्वसम्मत नवनिर्वाचित अध्यक्ष होमनाथ पण्डित जीतपुरसिमरा वडा नं १२ का निर्वाचित वडासदस्य हुनुहुन्थ्यो । उहाँले वडा सदस्यको राजिनामा दिएर स्वीकृत भएपछि सहकारीको नेतृत्व लिनुभएको हो ।






Write your Comment