सिमरामा लोकतन्त्रको प्राण : सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न

पुष्पराज खतिवडा

 २०८० मंसिर २२, शुक्रबार  मा प्रकाशित
४५४ पाठक संख्या


सिमरा ।

७५ औं अन्तराष्टिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाज बाराशाखाले सिमरामा लोकतन्त्रको प्राण ः सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

विहिबार सिमरा स्थीत होटल सम्यकमा भएको कार्यक्रमको जितपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको थियो ।
प्रमुख अतिथी समेत रहेका नगर उपप्रमुख अधिकारीले लोकतन्त्रको सुन्दरपक्ष नै सुशासन र सद्भाव भएपनि पछिल्ला समय सुशासनको प्रत्याभुति नहुँदा जनआक्रोश देखिएको बताउनु भयो ।

लोकतन्त्रमा बोल्ने छुट सबैलाई छ । कतिपयले यसैको फाईदामा ब्यवस्थामाथी नै प्रश्न उठाउनु दुखद् हो । हिजो राजतन्त्रमा ब्यवस्थामाथी प्रश्न गर्ने साहस कसैमा हुँदैन थियो । आजको सुन्दर पक्ष हो, बोल्न पाईन्छ । लोकतन्त्रमा विकास भएकै छैन । कानुन छैन भन्ने अवस्था पनि होईन । त्यसो हुँदो हो त बाटाघाटा पुलपुलेसाको अवस्था तुलना गर्दा हुन्छ । कानुन छैन भन्दा त्योपनि हैन । देशका उपप्रधानमन्त्री, गृहमन्त्री भैसकेका मान्छेहरुपनि जेलमा छन् । आत्ती हाल्ने अवस्था छैन । यती हो ब्यवस्था नभएर ब्यवस्थापनमा नेताहरुको कमजोरी भएको पक्कै हो । सुधारको खाँचो छ, उहाँको भनाई थियो ।

यस्तै कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव अमर गौतमले देश जनतन्त्रमा चल्नु पर्नेमा बाहिरी र भित्री गलत शक्तीको मन्त्रमा चल्न खोज्दा लोकतन्त्रमाथी प्रश्न उठाउने प्रयास भैरहेको बताउनु भयो । राजनितिका नाममा अपराध र दण्डहिनतालाई प्रशय दिने राष्टपति जस्ता जिम्मेवार निकायको गलत कदमले लोकतन्त्रमाथी औंला उठाउनेले मौका पाएको उहाँको भनाई थियो ।

यस्तै पूर्व प्रदेशसभा सदस्य शोभा लामाले लोकतन्त्रमा जनप्रतिनीधिले देश लाउनु पर्नेमा कर्मचारीतन्त्र हाबी हुँदा समस्या भैरहेको बताउनु भयो । अनेकन बाहानमा सेवाग्राहीलाई दुःख दिने कर्मचारीतन्त्रको रबैयाका कारण जनताले लोकतन्त्रको स्वाद पाउन नसेकेको भनाई थियो ।

यसैगरी ब्राईटर एकेडमी सिमराका प्रिन्सीपल एवं सिमरा कलेकका प्राध्यापक राजु कुमार कार्कीले राज्य संचालकहरुका कारण ब्यवस्थामाथी प्रश्न उठिरहेको बताउनु भयो । ब्यवस्था परिर्वतन भएपति अवस्थामा परिर्वतन हुन नसक्दा खराव तत्व सलबलाउन थालेको उहाँको भनाई थियो ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ का अध्यष सुभाष श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय कोषाध्यक्ष हरि प्रसाद थपलिया, पूर्व कृन्द्रिय सदस्य सीता अधिकारी ,क्षमादेवी अधिकारी, पूर्व जिल्ला समापति रघुनाथ लामीछाने, उपसभापती पुष्पराज खतिवडा,समाजका पर्सा शाखा सभापती प्रेम पटेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम मानव अधिकार तथा शान्ति समाज बाराका सभापति लक्ष्यमण साहको अध्यक्षता उवं सचिव निराजन थापाको संचालनमा सम्पन्न भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban