वीरगञ्ज महानगरमा मेयर र उपमेयरबीच विवाद, समर्थकबीच ठेलमठेल

रातोघर

 २०८० मंसिर २६, मंगलबार  मा प्रकाशित
४८२ पाठक संख्या


वीरगञ्ज ।

पर्सामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमबीच विवाद भएको छ।

मंगलबार दिउँसो महानगरपालिकामा मेयर सिंह र उपमेयर आलमबीच विवाद भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार कार्यालय व्यवस्थापनको विषयमा दुई जनाबीच असमझदारी भएको हो।

‘महानगरको पुरानो भवनको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्न लागिएको थियो। पहिले उक्त कोठामा प्रमुख प्रशासकीय अधिकृतको कोठा थियो’, उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत नयाँ भवनमा सरेपछि उपमेयरको कोठा त्यहाँ हुनुपर्ने भन्ने विषयमा विवाद उठेको हो।’

यस विषयमा विवाद भएपछि महानगर परिसरमा समर्थकहरू भेला भएका थिए। समर्थकहरूबीच पनि विवाद हुँदा ठेलमठेल भएको उनले बताए। उक्त घटनापछि प्रहरी खटाइएको थियो।अहिले स्थिति सामान्य भएको छ।

यस समस्याको हल निकाल्न मंसिर २८ गते कार्यपालिकाको बैठक बस्ने पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban