बारा प्रहरीले गोली हानी नियन्त्रणमा लियो फरार ‘सार्प सुटर’लाई

रातोघर

 २०८० पौष ११, बुधबार  मा प्रकाशित
४९७ पाठक संख्या


सिमरा ।

बारा प्रहरीले मंगलबार राति एकजना ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका ३२ वर्षीय सुजितकुमार सिंह रहेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सेतोपाटीलाई जानकारी दिए ।

गएराति आठ बजेबाराको विश्रामपुर गाँउपालिका—३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न लाग्दा खुट्टामा गोली हान्नुपरेको प्रवक्ता न्यौपानेले जानकारी दिए।

सिंहको दुवै खुट्टामा गोली लागेको छ । उनको कलैया अस्पतालमा उपचार भइरहेको छ।

उनको साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसमेत बरामद गरेको छ।

पक्राउ परेका सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीले बताएको छ। गत कात्तिक १३ गते प्रिन्सिपल स्वर्णकारको हत्या भएको थियो। कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित मदरसा टोलमा उनीमाथि गोली प्रहार भएको थियो।

यसका अतिरिक्त बारामा भएका अरू घटनामा पनि संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban