

बारा ।
कलैया उपमहानगरपालिका वडा नं.२४ मनहर्वाका १५ बर्षका बालक निराजन चौधरीको उपचारमा आर्थिक अभावले समस्या भएको छ । मृगौला सम्बन्धी जटिल रोग(लुपस नेफ्राइटीस्)लागी ललितपुर स्थीत पाटन अस्पतालमा उपचारत बालक निराजनको आर्थीक अभावमा उपचारमा समस्या भएको हो ।
विरामी बालकका पिता गणेश चौधरीले छोराको उपचारमा ५ लाख बढी रुपैँया खर्च भैसकेको र अझै १० लाख जती रुपैंया लाग्ने बताए । हाल हप्तामा दूई पकटक हेमोडाईलासिस भैरहेको छ । त्यसका लागीमात्रै हप्तामा ७ हजार खर्च हुँदै आएको छ । चिकित्सकले उपचार सम्भाव हुने तर खर्च धेरै लाग्ने बताएका छन् । खर्च गर्न मेरो आर्थिक अवस्था कमजोर हुँदा समस्या भएको छ, उनले दुखेसो गरे ।
आजसम्म ज्यालबनी, ऋणधन गरेर छोराको उपचार गराउँदै आएको छु । थप उपचारका लागि मेरो सामथ्र्यले भ्याउँदैन । मेरो छोराको उपचारमा सहयोग गरिदिनु हुन यसै मिडिया मार्फत सबैंसँग अनुरोध गर्दछु , चौधरीले भने ।
६ जनाको परिवार, फुसको घर, २ कठ्ठा जमिन भएको चौधरी परिवारले दशौं लाख खर्चेर छोराको उपचार गर्न सक्ने अवस्था छैन स्थानिय जलेन्द्र चौधरीले भने । विरामीसँगै अस्पताल धाउँदाधाउँदै ज्यालाबनी गर्ने ,पैसा कमाउने अवस्था समेत छैन । जस्का कारण बालकको उपचारमा मनकारीहरुको साथ भए सहज हुने थियो । बालकको जिवन रक्षार्थ सहयोग गरिदिन स्थानियबासीका तर्फबाट समेत अनुरोध गर्दछौं, उनले भने ।
स्थानिय विद्यालयको कक्षा १०मा पढ्दै गरेका निराजनको पढाई समेत अब्बल छ । तर विरामीका कारण उनको पढाई प्रभावित भैरहेको छ । बालक निराजनको जीवन रक्षार्थ मनकारीहरुका लागि बालकका बाबु गणेश चौधरीको एनआईसि एसिया जितपुर शाखामा रहेको खाता नं.५८३३९८४७९०६५२४०१ उपलब्ध गराउँछौं । थप जानकारीका लागि गणेश चौधरीको फोन नं.९८०७२५६८७७ मा सम्पर्क गर्न सक्नु हुने छ ।





Write your Comment