ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु ,पाँचजना घाईते

पुष्पराज खतिवडा

 २०८० फागुन १४, सोमबार  मा प्रकाशित
१०२२ पाठक संख्या


बारा ।
निजगढ नगरपालिका वडा नं.७ स्थित एक वर्कशपमा सोमबार अपराहन्न ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अन्य पाँचजना घाईते भएका भएका छन् ।

मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नं.५ निवासी रोहित वर्कशपका संचालक ४५ वर्षीय रेशम मगर रहेका छन् । सिलिण्डर विष्फोटमा परी गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल बिरगजं पर्सामा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

घटनामा दुई भारतीय नागरिकसहित पाँच जना घाईते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनिहरुको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्णरुपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते हुनेमा भारत गवाई घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, बिरगजं महानगरपालिका वडा नं.९ का २० वर्षीय रितु रजत, सोही ठाउँका ३४ बर्षका फिरोद देवान र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सुर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये थापाको अवस्था सामान्य छ । थापाको निजगढ र अन्यको बिरगजं स्थीत बयोधा अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरी प्रवक्ता न्यौपानेले लेथमा फलाम काट्ने क्रममा ग्यास सिलिण्डर विष्फोट भएको घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban