बारामा सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, ५ जना घाइते

रातोघर

 २०८० फागुन १४, सोमबार  मा प्रकाशित
७९५ पाठक संख्या


मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी दधिराम न्यौपानेले बताए । मगरको बयोधा अस्प्ताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनका अनुसार, घटनामा ५ जना घाइते छन् । घाइते हुनेमा बाराका ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज–९, पर्साका फिरोद देवान, २० वर्षीया रितु रजत, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन शाह छन् ।

घाइतेको वयोधा अस्प्तालमा उपचार भइरहेको छ । सोमबार मध्याह्न १२ बजे रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिण्डर पड्किएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban