इजरायलमा विपिन जोशीलाई अन्तिम बिदाइ

रातोघर

 २०८२ कार्तिक २, आईतबार  मा प्रकाशित
२९४ पाठक संख्या


इजरायलमा मृत्यु भएका नेपाली युवा विपिन जोशीको शुक्रबार अन्तिम बिदाइ गरिएको छ। स्थानीय नेपाली समुदाय तथा इजरायली सहकर्मीहरूको उपस्थितिमा श्रद्धापूर्वक अन्तिम सम्मान प्रदान गरिएको हो।

बिपिनको निधनपछि इजरायलमा रहेका नेपालीहरूले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै उनको सम्झनामा सामूहिक प्रार्थना गरेका थिए। पार्थिव शरीरलाई त्यहीँको धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको जनाएको छ।

उनको निधनप्रति दु:ख व्यक्त गर्दै साथीहरूका साथै परिवारजनले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया जनाएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban