सिमरा नेवाः खलद्वारा रामजनकी मन्दिर र अस्पताल परिसरमा सरसफाई, नगरप्रहरीको पनि सक्रिय सहभागिता

रातोघर

 २०८२ कार्तिक ४, मंगलबार  मा प्रकाशित
४१५ पाठक संख्या


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा नेवाः खलले दिपावली नेपाल सम्वत र छठपर्वको अवसरमा मंगलवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। उपमहानगरपालिकाको सहयोगमा आयोजित उक्त सरसफाई अभियान सिमरा चोकस्थित ऐतिहासिक रामजनकी मन्दिर र सिमरा अस्पताल परिसरमा केन्द्रित थियो।

सिमरा नेवाः खलका अध्यक्ष गणेश श्रेष्ठका अनुसार सरसफाई अभियानको उद्देश्य धार्मिक स्थल र सार्वजनिक स्थानलाई स्वच्छ राख्दै नागरिकमा सरसफाईप्रति चेतना जगाउनु रहेको हो। कार्यक्रममा नेवाः समुदायका सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो।

नेवाः समुदायका युवादेखि महिलासम्मले हातमा सरसफाईका सामग्री लिएर मन्दिर परिसर र अस्पताल आसपासका बाटोघाटो सफा गरेका थिए। उनीहरूले सरसफाईको सन्देशसहित सामूहिक रूपमा वातावरण स्वच्छ राख्न आग्रह गरेका थिए।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रहरी टोलिले पनि सक्रिय सहभागिता जनाउँदै सरसफाईमा साथ दिएको थियो। नगरप्रहरीका प्रतिनिधिहरूले सामुदायिक सहकार्यका यस्ता प्रयासले शहरलाई स्वच्छ र आकर्षक बनाउन सहयोग पुग्ने बताएका छन्।

सिमरा नेवाः खलले यसअघि पनि विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गर्दै आएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban