जीतपुरसिमरा-११ मा यादव दम्पतीद्वारा बिपन्न परिवारलाई कपडा वितरण

रातोघर

 २०८२ कार्तिक ७, शुक्रबार  मा प्रकाशित
२८४ पाठक संख्या


जितपुर । जितपुरसिमरा उपमहानगरपालिका वार्ड नं ११ मा रहेका विपन्न परिवारलाई सञ्चारकर्मी ओमप्रवेश यादवको दम्पती सामाजिक अभियन्ता सुनिता यादवद्वारा कपडा वितरण गरिएको छ।

छठ पर्वलाई लक्षित गरी यादव दम्पतिले वार्डभित्र बसोबास गर्ने दर्जनौं गरिब तथा असहाय परिवारहरूलाई न्यानो कपडा र आवस्यक सामग्री प्रदान गरेका हुन्।

कार्यक्रमका क्रममा सञ्चारकर्मी ओमप्रवेश यादवले समाजमा रहिरहेका पीडित, असहाय र आर्थिक रूपमा कमजोर नागरिकलाई सहयोग गर्दै जानु नै मानव धर्म भएको बताए। उनले आगामी दिनमा पनि सहयोग कार्य निरन्तर रहने जानकारी दिए।

स्थानीयहरूले यादव दम्पतिद्वारा गरिएको यस प्रकारको सहयोग कार्यले सामाजिक सद्भाव, आपसी माया र उत्साह थपिएको छ। स्थानीयले धन्यबाद व्यक्त गर्दै निरन्तर सामाजिक उत्तरदायित्वमा प्रेरक व्यक्तित्वको रूपमा यादव दम्पतिको प्रशंसा गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban