

नेपाल आइडलका विजेता करण परियारले आफ्नो सामाजिक सञ्जालमार्फत हजुराबा–बाजेसँगको विशेष पल शेयर गर्दै लेखेका छन्, “आज पहिलो पटक प्लेन✈️ चढ्दा अनुहारको चमकले नै बयान गरिरहेको छ कि तपाईँ आज कति हर्षित हुनुहुन्छ भनेर हजुरबुबा। सानो छँदा, बाजे एकदिन तपाईँलाई प्लेन चढाउँछु भनेको वचन आज पूरा गरेँ।”
करणले यस अनुभवलाई आफ्नो जीवनको सम्झनायोग्य क्षणमध्ये एक बताए र सानो वचन पुरा गर्न पाएको खुशी व्यक्त गरे।





Write your Comment