

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ३९ जनाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका अनुसार अधिकांश मृतकको छाती, टाउको, घाँटी र पेटमा उच्च वेगका घातक हतियारबाट गोली लागेको पाइएको छ।
अस्पतालका चिकित्सक टोलीले प्रारम्भिक रिपोर्टमा उल्लेख गरेअनुसार धेरैजसो घाइतेलाई नजिकको दूरीबाट गोली प्रहार गरिएको आशंका गरिएको छ। पोस्टमार्टमका क्रममा शरीरका संवेदनशील अंगमा गहिरा छर्रा र गोलीका छेडहरू पाइएको अस्पताल स्रोतले जनाएको छ।
अस्पताल प्रशासनले सबै मृ’तकको विस्तृत रिपोर्ट सम्बन्धित निकायमा बुझाइसकेको जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान र फोरेन्सिक परीक्षणका लागि विवरण आन्तरिक मामिला मन्त्रालयलाई पनि पठाइएको छ।
उक्त प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकका परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आएका छन्।





Write your Comment