रवि लामिछानेको सन्देश : “फेभर होइन, न्याय खोज्दैछु”

रातोघर

 २०८२ कार्तिक १३, बिहिबार  मा प्रकाशित
१७६ पाठक संख्या


काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले नख्खु कारागारबाट एक सन्देश जारी गर्दै वर्तमान सरकारसँग अघिल्लो सरकारले आफूविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा लगाएको मुद्दाप्रति स्पष्ट धारणा माग गरेका छन्।

लामिछानेले भनेका छन्, “अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा मेरो विरुद्ध लगाएको मुद्दामा अहिलेको सरकारको धारणा खोजिरहेको छु, फेभर होइन।” उनले थपे, “हिजो ‘अन्याय भयो’ भनेर बोल्नेहरूले आज केही त बोल्नैपर्छ।”

उनको भनाइ अनुसार, आफूले कुनै विशेष सुविधा वा पक्षपातको अपेक्षा गरेको होइन, तर न्यायपूर्ण व्यवहारको माग गरिरहेको बताएका छन्। लामिछानेविरुद्ध अघिल्लो सरकारले दायर गरेका मुद्दा अहिले पनि न्यायिक प्रक्रियामा रहेका छन्।

रास्वपाका नेता तथा कार्यकर्ताहरूले पनि लामिछानेमाथि गरिएको व्यवहार राजनीतिक प्रेरणाबाट भएको दाबी गर्दै निष्पक्ष अनुसन्धानको माग गर्दै आएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban