काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ। दुबै मिर्गौला फेल भएपछि उनलाई हाल कृत्रिम स्वासप्रश्वास प्रणालीमार्फत भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ।
तिहारअघि देखि आईसीयूमा रहेका आलमको स्वास्थ्यमा अहिलेसम्म सुधार नआएको बताइएको छ। केही समयअघि कारागारबाट छुटेका आलमलाई त्यसपछि मस्तिष्कघात (स्ट्रोक) भएको थियो। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएका उनी फेरि मिर्गौलासम्बन्धी समस्या देखिएपछि दसैंअघि केएमसी अस्पतालमा भर्ना भएका थिए।
तर पछिल्ला दिनमा उनको अवस्था झन् गम्भीर बन्दै गएको र चिकित्सकहरूले निरन्तर निगरानीमा राखेको अस्पताल स्रोतले जानकारी दिएको छ। परिवारजन र पार्टीका नेताहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।








Write your Comment