कांग्रेसमा महाधिवेशन कार्यतालिका विवाद : गगन थापालाई बैठकमा फर्काउन शेखर कोइरालाको पहल

रातोघर

 २०८२ कार्तिक १४, शुक्रबार  मा प्रकाशित
१४१ पाठक संख्या


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र उत्पन्न गतिरोध अन्त्य गर्न र महामन्त्री गगन थापालाई बैठकमा फर्काउन पहल थालेका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बिहीवारको केन्द्रीय कार्यसमिति बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशन कार्यतालिका प्रस्तुत गर्ने प्रस्ताव अस्वीकार गरेपछि थापाले असन्तुष्टि जनाउँदै बैठकमा सहभागी नभई हिँडेका थिए। उनले त्यसपछि बिहीवारको बैठक अघोषित रूपमा बहिष्कार गरेका थिए।

पार्टीभित्र बढ्दो असमझदारीबीच डा. कोइरालाले आज बिहान आफ्ना निकट पदाधिकारीहरुसँग विशालनगरस्थित सम्पर्क कार्यालयमा छलफल गरेका हुन्। सो बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डेसहित उपसभापति धनराज गुरुङ पनि सहभागी थिए। छलफलमा नियमित महाधिवेशनको कार्यतालिका शीघ्र ल्याउने विषयमा सहमति खोजिएको बताइएको छ।

विशेष महाधिवेशनको माग गर्दै २४ सयभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरे पनि त्यसलाई बेवास्ता गरिएको भन्दै गगन पक्षधर नेताहरू असन्तुष्ट छन्। उनीहरूले पार्टीमा आन्तरिक लोकतन्त्रको सम्मान र संस्थागत प्रक्रियाको पालनाका लागि दबाब बढाइरहेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban