ऊर्जामन्त्री कुलमान घिसिङको प्रतिवद्धतापछि उपत्यकाको फोहोर संकट अन्त्य

रातोघर

 २०८२ कार्तिक १६, आईतबार  मा प्रकाशित
१८६ पाठक संख्या


काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित फोहोर व्यवस्थापन स्थलको स्थलगत अनुगमन गरी स्थानीयको माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि काठमाडौं उपत्यकामा जारी फोहोर व्यवस्थापनमा आएको अवरोध खुलेको छ।

मन्त्री घिसिङले शनिबार अनुगमनका क्रममा स्थानीय सरोकारवालासँग छलफल गर्दै, फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने आश्वासन दिएका थिए। उनका अनुसार, स्थानीयको स्वास्थ्य, सरसफाइ, सडक मर्मत तथा क्षतिपूर्ति सम्बन्धी मागलाई सरकार गम्भीर रूपमा लिनेछ र १५ दिनभित्र ठोस कार्य सुरु गरिनेछ।

उनको प्रतिबद्धतापछि लामो समयदेखि सडक अवरुद्ध गर्दै विरोधमा उत्रिएका स्थानीयवासीले फोहोर ढुवानीका गाडीलाई बञ्चरेडाँडा प्रवेश गर्न अनुमति दिएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश स्थानमा विगत केही सातादेखि फोहोर संकलन रोकिएको थियो, जसले राजधानीको वातावरणीय समस्या थप जटिल बनेको थियो।

ऊर्जामन्त्रीले सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरी बञ्चरेडाँडाको दिगो समाधानका लागि दीर्घकालीन योजना अघि बढाइने पनि बताएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban