११ देशका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

रातोघर

 २०८२ कार्तिक १६, आईतबार  मा प्रकाशित
१८४ पाठक संख्या


काठमाडौं । सरकारले ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि सो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गर्दै उक्त निर्णय संविधान र कूटनीतिक मर्यादाविपरीत भएको दाबी गरेका छन्।

रिटमा भनिएको छ, “राजदूतहरूको कार्यकाल बाँकी रहँदासम्म सरकारले राजनीतिक स्वार्थका कारण उनीहरूलाई फिर्ता बोलाउने निर्णय गर्नु गैरकानुनी र अधिकार दुरुपयोग हो।”

रिट निवेदकहरूले अदालतसमक्ष राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णयलाई बदर गर्न माग गरेका छन्। उनीहरूको भनाइमा यस्तो निर्णयले नेपालको वैदेशिक सम्बन्ध र कूटनीतिक सन्तुलनमा नकारात्मक प्रभाव पार्ने जोखिम छ।

सर्वोच्च अदालतले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ कहिले गर्ने भन्ने निर्णय भने अझ तय भएको छैन।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban