भीमफेदी कारागारबाट फरारमध्ये २८६ जना मात्रै फर्किए

रातोघर

 २०८२ कार्तिक १७, सोमबार  मा प्रकाशित
१४७ पाठक संख्या


मकवानपुर । भीमफेदी कारागारबाट फरार भएका ४४० जना कैदीबन्दीमध्ये हालसम्म २८६ जना मात्रै कारागारमा फर्किएका छन्। तीमध्ये एक जना विदेशी नागरिक समेत रहेका छन्।

गत असोज महिनामा आएको भीषण वर्षा र बाढीका कारण कारागारको पर्खाल भत्किँदा सयौँ कैदीबन्दी फरार भएका थिए। सुरक्षा निकायले त्यसपछि खोजतलास अभियान सञ्चालन गर्दै धेरैलाई नियन्त्रणमा लिन सफल भए पनि अझै पनि १५४ जना फरार रहेको कारागार स्रोतले जनाएको छ।

कारागार प्रशासनका अनुसार फरार कैदीबन्दीमध्ये कतिपयले स्वेच्छाले आत्मसमर्पण गरेका छन् भने केहीलाई विभिन्न ठाउँमा पक्राउ गरेर पुनः भीमफेदी कारागारमा पठाइएको हो। बाँकी फरारको खोजी जारी रहेको र उनीहरूलाई पक्राउ गर्न सुरक्षाकर्मी सतर्क अवस्थामा रहेको जनाइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban