राष्ट्रपतिको भ्रमणप्रति पत्रकार भूषण दाहालको आलोचना

रातोघर

 २०८२ कार्तिक २०, बिहिबार  मा प्रकाशित
१७१ पाठक संख्या


काठमाडौं । पत्रकार भूषण दाहालले हालैको राष्ट्रपतिको भ्रमणप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै भनेका छन्, “पृथ्वीमै यस्तो हास्यास्पद भ्रमणलाई राष्ट्रप्रमुखका लागि कसले स्वीकृति दिन्छ र त्यसलाई गर्वका साथ उपलब्धि भनेर प्रचार गर्छ?”

दाहालले परराष्ट्र मन्त्रालयमा दक्ष र अनुभवी व्यक्तिहरू रहेका बताएका छन् तर उनीहरूले ‘सामान्यतामा अड्किनुहुँदैन’ भन्ने सुझाव दिएका छन्। उनले थप भनेका छन्, “एक राज्य भ्रमणको प्रत्युत्तर पनि राज्य भ्रमण नै हुनुपर्छ, कुनै सम्मेलनको बहानामा गरिएको सस्तो यात्रा होइन।”

उनको टिप्पणी पछिल्लो समय राष्ट्रपतिको विदेश भ्रमणलाई लिएर भइरहेका चर्चा–बहससँग जोडिएको देखिन्छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban