जेनजी अगुवा सुदन गुरुङको गृह मन्त्रीलाई कडा चेतावनी

रातोघर

 २०८२ कार्तिक २०, बिहिबार  मा प्रकाशित
१३४ पाठक संख्या


काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृह मन्त्री ओमप्रकाश अर्याललाई कडा सन्देश दिँदै तत्काल पदबाट राजीनामा गर्न आग्रह गरेका छन्। उनले गृह मन्त्रालयले देशका गम्भीर मुद्दा — भ्रष्टाचार र हत्या प्रकरणमा कारबाही नगरी केवल जेनजी आन्दोलनमाथि दमनमा केन्द्रित भएको आरोप लगाएका छन्।

गुरुङले भने, “अब दुई महिना बितिसक्यो, न त कुनै हत्यारालाई कारबाही भयो, न कुनै भ्रष्टाचारीलाई। तर जेनजीका युवामाथि मात्रै कारबाही हुँदैछ।”

उनका अनुसार, गृहमन्त्रीले जनताको भरोसा तोडेका कारण पदमा रहिरहनु राष्ट्रप्रतिको अपमान हो। उनले चेतावनी दिंदै भनेका छन्, “दुई दिनभित्र हुने हाम्रो प्रेस सम्मेलनबाट गृहमन्त्रीको भविष्य निर्धारण हुनेछ।”

गुरुङको यो अभिव्यक्तिलाई जेनजी आन्दोलन र सरकारबीचको सम्बन्धमा नयाँ मोडका रूपमा हेरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban