

काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सांसद रहबर अन्सारीले केन्द्रित शासन प्रणाली लागू भएको भन्दै सभामै आफ्नै मुखमा कालो मोसो दलेर विरोध जनाएका छन् ।
प्रदेश सरकार र संघीय सरकार दुवैले स्थानीय स्वायत्तता कमजोर बनाउँदै सारा अधिकार केन्द्रमा सीमित गरेको आरोप लगाउँदै अन्सारीले सभामा प्रतिकात्मक विरोध प्रदर्शन गरेका हुन् । उनले भने, “संघीयता नामको नारा मात्र रह्यो, व्यवहारमा फेरि पनि केन्द्रीकृत शासन फर्किएको छ।”
उक्त घटनापछि सभामा केही समय अवरोध भएको थियो भने उनका कदमप्रति केही सांसदहरूले समर्थन जनाएका थिए, केहीले भने विरोध पनि गरेका थिए।





Write your Comment