ऊर्जामन्त्री घिसिङको स्पष्टीकरण : “PTC सम्झौता राष्ट्र र जनताको हितमा गरिएको हो”

रातोघर

 २०८२ कार्तिक २३, आईतबार  मा प्रकाशित
१६७ पाठक संख्या


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसी (PTC India Ltd) सँग गरिएको विद्युत खरिद सम्झौताबारे बजारमा फैलिएका आलोचनाबारे स्पष्टिकरण दिएका छन्।

मन्त्री घिसिङले आइतबार सार्वजनिक विज्ञप्ति जारी गर्दै उक्त सम्झौता कुनै व्यक्तिगत स्वार्थ वा नाजायज कारणका लागि नभई राष्ट्र र नेपाल विद्युत प्राधिकरण (NEA) को हितका लागि गरिएको बताएका हुन्।

उनका शब्दमा, “आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे केही भ्रम फैलाइएको देखिएको छ। यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र प्राधिकरणको हितमा गरिएको हो।”

घिसिङका अनुसार नेपालको नदी प्रवाहमा आधारित प्रणालीले बर्षायाममा विद्युत निर्यात र सुख्खायाममा केही परिमाणमा आयात आवश्यक पर्ने भएकाले, प्राधिकरणले नियमन आयोगको स्वीकृतिपछि पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विद्युत खरिदको निर्णय गरेको हो।

उनले थपे, “यसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र १० रुपैयाँसम्मको महँगो विद्युत आयात गर्नुपर्ने बाध्यता हटेको छ। यदि यो कदम समयमै नचालिएको भए देश महँगो विकल्पमा जानु पर्ने र विद्युत नपाउने जोखिममा पर्नेथियो।”

मन्त्री घिसिङले यो निर्णयलाई पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको बताउँदै जनतालाई भ्रममा नपर्न आग्रह गरेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban