सुनको मूल्यमा ४ हजार ९०० रुपैयाँको वृद्धि

रातोघर

 २०८२ कार्तिक २५, मंगलबार  मा प्रकाशित
२०५ पाठक संख्या


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको हो।

हिजो छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुनको मूल्य पनि उस्तै अनुपातमा बढेर २ लाख ४५ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज प्रतितोला २५ रुपैयाँले बढेर ३ हजार १०५ रुपैयाँ निर्धारण गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban