

पोखरा । जेन–जी आन्दोलनका क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका लागि उक्साउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ परेका छन्।
कास्कीका जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरि बस्नेतका अनुसार पाण्डेले पृथ्वीचोकस्थित शहीद लखन थापाको शालिक फुटाउने तथा व्यवसायी बिन्दु थापाको घरमा आगजनी गर्नेसम्मका गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
पाण्डे पोखरामा सञ्चालित संघर्षशील सहकारीका अध्यक्षसमेत थिए। अध्यक्षका रूपमा रहँदा सहकारीको रकम अपचलन गरेको आरोपमा उनी यसअघि पनि पक्राउ परेका थिए। उक्त मुद्दामा धरौटीमा रिहा भएका उनी पुनः पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनको विरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।





Write your Comment