


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र व्यवसायी दुर्गा प्रसाईंका प्रतिनिधिहरूबीच करिब अढाइ घन्टा लामो वार्ता सम्पन्न भएको छ। वार्ताका क्रममा प्रसाईं पक्षले २७ बुँदे मागपत्र गृहमन्त्रीलाई बुझाएको छ।
मागपत्रमा बैंक ऋण मिनाहा गर्ने, प्रदेश संरचना खारेज गर्ने लगायतका विषयहरू समावेश छन्। वार्ता टोलीका सदस्यहरूले गृहमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताएका छन्।
वार्ता टोलीका एक सदस्यका अनुसार, “गृहमन्त्रीले हाम्रा मागहरू संवेदनशील रहेको स्वीकार गर्दै सरकार यसप्रति सकारात्मक छ र विशेष ध्यान दिएर अघि बढाउने आश्वासन दिनुभयो।”
प्रसाईं पक्षका अनुसार, यदि सरकार पक्षले मंसिर ७ अगाडि नै माग पूरा गरे, आगामी आन्दोलन स्थगित गर्न सकिने सम्भावना रहेको छ।





Write your Comment