ललितपुर महानगरमा आगलागी सूचना दिने आपत्कालीन स्विच सञ्चालनमा

रातोघर

 २०८२ कार्तिक २६, बुधबार  मा प्रकाशित
१७८ पाठक संख्या


ललितपुर । ललितपुर महानगरपालिकाले आगलागी तथा अन्य आकस्मिक घटनामा तत्काल जानकारी पठाउन सकिने आपत्कालीन स्विच प्रणाली सञ्चालनमा ल्याएको छ।

महानगरले स्थापना गरेको सो स्विच ७ सेकेन्डसम्म थिच्दा महानगरको दमकल तथा उद्धार टोलीलाई तुरुन्त सूचना पुग्नेछ। यसले आपत्कालीन अवस्थामा प्रतिक्रिया दिने समय घटाउने र जनसुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

महानगरका अनुसार, स्विच प्रणाली प्रारम्भिक चरणमा केही संवेदनशील स्थानमा जडान गरिएको छ र परीक्षण सफल भएपछि क्रमशः सबै वडामा विस्तार गर्ने योजना छ।

Write your Comment