एमाले महासचिव शंकर पोखरेलको टिप्पणी : “ऊर्जामन्त्री घिसिङलाई हटाउन प्रधानमन्त्रीलाई सुझाव”

रातोघर

 २०८२ कार्तिक २८, शुक्रबार  मा प्रकाशित
१५४ पाठक संख्या


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई मन्त्री बर्खास्त गर्न सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले प्रधानमन्त्री कार्की नेतृत्वको सरकार गैरदलीय भन्ने दाबी व्यवहारमै खोटिने बताउँदै घिसिङको मन्त्री पद नैतिक रूपमा प्रश्न उठ्ने उल्लेख गरे।

उनले लेखेका छन्, “प्रधानमन्त्री सुशीला कार्की गैरदलीय सरकार भनेर दाबी गर्नुहुन्छ। तर आफूले नै पार्टी गठन गरेर चुनावमा जाने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु नैतिक रूपमा उचित हुन्छ? यदि यस्तो व्यक्ति मन्त्री बसिरहनु प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खाँदैन भने, उनलाई अविलम्ब बिदा गर्नुपर्ने होइन र?”

घिसिङले हालै चुनावमा सहभागी हुन नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेका थिए। यसैलाई आधार बनाउँदै पोखरेलले प्रधानमन्त्रीलाई ‘गैरदलीय सरकार’ को दाबी व्यवहारमै प्रस्ट देखिनुपर्ने तर्क गरेका हुन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban