निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

रातोघर

 २०८२ कार्तिक २८, शुक्रबार  मा प्रकाशित
१९० पाठक संख्या


काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले शुक्रबार दुवै निर्वाचनका लागि छुट्टाछुट्टै सूचना जारी गर्दै निर्धारित मितिभित्र दल दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरेको हो।

आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म तथा राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिनेछ।दल दर्ताका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन बुझाउनुपर्ने आयोगले जनाएको छ।

आयोगले दर्ता निवेदनका साथ निम्न विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्ने जनाएको छः

  1. दलको पूरा नाम र संक्षिप्त नाम
  2. स्थापना मिति
  3. आयोगमा दर्ता भएको मिति (यदि पहिले दर्ता भइसकेको भए)
  4. केन्द्रीय कार्यालयको ठेगाना
  5. पत्राचार गर्ने ठेगाना
  6. टेलिफोन नम्बर
  7. इमेल ठेगाना
  8. वेबसाइटको विवरण

निर्वाचन तयारी तीव्र बन्दै गएको समयमा राजनीतिक दलहरूले अब दर्ता प्रक्रियामा सक्रिय रूपमा सहभागी हुने अपेक्षा आयोगले गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban