ऋण दबाबपछि ‘धुर्मुस’ उपचाररत, स्वास्थ्यमा क्रमिक सुधार हुने परिवारको आशा

रातोघर

 २०८२ कार्तिक २८, शुक्रबार  मा प्रकाशित
२०९ पाठक संख्या


नवलपरासी । गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका क्रममा लागेको ठूलो ऋण र त्यसले सिर्जना गरेको तनावका कारण कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ शारीरिक तथा मानसिक रूपमा कमजोर बनेका छन्। स्वास्थ्य अवस्था कमजोर भएपछि उनी नवलपरासीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार गराइरहेका छन्।

धुर्मुसकी पत्नी **कुन्जना घिमिरे ‘सुन्तली’**ले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य स्थिति बारे जानकारी दिँदै हाल अवस्था कमजोर देखिए पनि छिट्टै सुधार हुने अपेक्षा व्यक्त गरेकी छन्। उनले परिवारका तर्फबाट सबैलाई धैर्य र साथका लागि धन्यवाद दिँदै स्वास्थ्य लाभको प्रार्थना गरिरहन आग्रह गरेकी छन्।

Write your Comment