उद्धार पोर्टल’ को तथ्यांकमै प्रश्न, १५ हजार बढी बेपत्ता !

रातोघर

 २०८३ भाद्र १४, आईतबार  मा प्रकाशित
० पाठक संख्या


काठमाडौं । रसुवा बाढीसम्बन्धी विवरण दिने प्रधानमन्त्री कार्यालयअन्तर्गत भनिएको ‘उद्धार अनुरोध पोर्टल’ को तथ्यांकमाथि प्रश्न उठेको छ।

पोर्टलमा १५ हजार ३ सय ९३ जना बेपत्ता रहेको विवरण राखिए पनि उक्त तथ्यांकको स्रोत खुलेको छैन। राष्ट्रिय विपद् प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका विवरणसँग समेत पोर्टलको तथ्यांक मेल खाँदैन।

झन् रोचक कुरा, पोर्टल सञ्चालनबारे प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्याल र आईटी प्रमुख सहसचिव आदेश खड्का दुवैले आफूलाई जानकारी नभएको बताएका छन्।

नेपाल सरकारको लोगो, उद्धार कोषको क्यूआर र दानसम्बन्धी विवरणसमेत राखिएको पोर्टल कसले सञ्चालन गरिरहेको हो भन्ने विषयमा अन्योल देखिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban