

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा फसेका ८९८ कर्मचारी तथा मजदुर अझै उद्धारको पर्खाइमा छन्। माथिल्लो त्रिशूली–१ को सुरुङभित्र मात्रै ५७६ जना रहेको जनाइएको छ।
माथिल्लो त्रिशूली–३ बी र लाङटाङ खोलालगायत आयोजनाबाट केहीको उद्धार भए पनि ठूलो संख्या अझै सम्पर्कविहीन छ। आइतबारसम्म जलविद्युत आयोजनाबाट सम्पर्कविहीनको संख्या ९३३ पुगेको राष्ट्रिय विपद् प्राधिकरणको तथ्यांक छ।
नेपाली सेनासहितको टोली पाँचवटा सुरुङमा उद्धार कार्यमा खटिए पनि सुरुङका प्रवेशद्वार पहिचान गर्न कठिनाइ भइरहेको जनाएको छ।





Write your Comment