रसुवाको विनाशकारी बाढीपहिरोको कारण खुल्यो, भारी वर्षा मुख्य कारण होइन

रातोघर

 २०८३ भाद्र १७, बुधबार  मा प्रकाशित
४ पाठक संख्या


काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपहिरोको मुख्य कारण तत्कालको भारी वर्षा नभएको चिनियाँ वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्।

चिनियाँ विज्ञान प्रतिष्ठानको अध्ययनअनुसार भदौ १० गते लाङटाङ लिरुङको उत्तरी उच्च हिमाली क्षेत्रमा ठूलो मात्रामा बरफ र चट्टान खसेपछि त्यसले बाटोमा थप सामग्री बगाउँदै विशाल हिलोको लेदो बनाएको थियो।

वैज्ञानिकहरूले भूउपग्रह तस्बिर, भूकम्पीय अभिलेख, निगरानी क्यामेरा र भिडियो अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन्।

अध्ययनअनुसार लामो समयदेखि हिमनदी तीव्र गतिमा सर्नु, तापक्रम बढ्नु र हिउँ पग्लिने दर बढ्दै जाँदा स्थायी तुषारो कमजोर हुनु नै विपद्को मुख्य कारण देखिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban