बाढीपछि प्रधानमन्त्री बालेन्द्र र वर्षमान पुनबीच भेटवार्ता

रातोघर

 २०८३ भाद्र १८, बिहिबार  मा प्रकाशित
४ पाठक संख्या


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनबीच बिहीबार भेटवार्ता भएको छ।

सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी बाढीपछि भइरहेको खोज तथा उद्धार, राहत, उपचार र क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनाबारे छलफल भएको जनाइएको छ।

बाढीपछि सरकारले सर्वदलीय बैठकसमेत गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले राजनीतिक भेटघाटलाई अघि बढाएका हुन्। यसअघि उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पनि भेटवार्ता गरेका थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban