नेपाल लाईफ सबैभन्दा धेरै कर तिर्ने कम्पनी

रातोघर

 १ मंसिर २०७६, आईतवार २१:३१  मा प्रकाशित

काठमाडौं ।

नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड बीमा कम्पनीहरुमध्येमा सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ । आठौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले सबैभन्दा धेरै कर तिर्ने ब्यवसायी तथा प्रतिष्ठानहरुलाई सम्मान गर्दा नेपाल लाइफ बीमा कम्पनीहरूमा सबैभन्दा बढी कर तिर्ने कम्पनी बन्न सफल भएको हो ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उत्कृष्ट १५ कर दाताहरुलाई सम्मानित गरेका छन् । सम्मानित हुने अन्य करदाताहरुमा सूर्य नेपाल प्रालि, डाबर नेपाल प्रालि, जगदम्बा, राष्ट्रिय बाणिज्य बैंक, वर्डलिंक रहेका छन् ।

Write your Comment