जीतपुरसिमरा गोल्डकप : अफ्रिकन रुट्स उपाधि नजिक

रातोघर

 ८ बैशाख २०७८, बुधबार २२:४९  मा प्रकाशित
३१२ पाठक संख्या


बारा, ८ वैशाख ।

अफ्रिकन रुट्स एसोसियसन (एआरए) जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार साँझ सिमरा रंगशालामा भएको प्रतिष्पर्धात्मक खेलमा अतिरिक्त समयमा आयोजक नवजनजागृति यूवा क्लब सिमराविरुद्ध जीत निकाल्दै एआरएले पहिलो सहभागितामै फाइनल यात्रा तय ग¥यो ।

१० खेलाडीमा सिमित बनेको आयोजक विरुद्ध २–१ को जीत निकाल्ने क्रममा एआरएका लागि एन्जीमी र इवोडेले समान १ गोल गरे । आयोजक सिमराका लागि सकल रेग्मीले गोल गरेका थिए ।

तुलनात्मक रुपमा बलियो मानिएको अफ्रिकी टोली विरुद्ध घरेलु मैदानमा सकलको गोलबाट सिमराले अग्रता बनाएको थियो । खेलको सातौँ मिनेटमा एआरएका ईबोडेले सिमराका डोना थापालाई फाउल गरेपछी पाएको फ्रिकिकको सदुपयोग गर्दै सिमराले पहिलो अग्रता बनाएको थियो । डोना थापाले २५ यार्ड परबाट प्रहार गरेको फ्रिकिकलाई नियन्त्रण गर्ने क्रममा एआरएका गोलरक्षक डिए स्लेभियोको हातबाट रिबाउण्ड भएको बललाई सकल रेग्मीले गोलमा परिणत गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३० औं मिनेटमा एआरएका एन्जिमीले गोल गर्दै टिमलाई बराबरी दिलाएका थिए । एम्बेलको क्रस बललाई डि बक्सबाहिरबाटै एन्जिमीले गोलमा परिणत गरेका थिए ।

१–१ को बराबरीपछि दुबै टिमले आक्रामक खेल प्रस्तुत गर्दा सिमरा रङ्गशालामा उपस्थित ५ हजार बढि दर्शक उत्साहित देखिन्थे । पहिलो हाफको अन्तिम मिनटमा सिमरा १० खेलाडीमा सिमित बन्न पुग्यो ।

४४ औं मिनटमा सिमरा १० खेलाडीमा सिमित बन्यो । सिमराका अफ्रिकी स्ट्राइकर याओले रेफ्री प्रज्वल क्षेत्रीमाथी अभद्र व्यवहार गरेपछि उनी मैदान बाट बाहिरिए ।
शारिरिक रुपमा बलिया खेलाडीसंगको प्रतिष्पर्धामा भरोसा गरिएका अफ्रिकी स्ट्राइकर विनाको दोश्रो हाफमा सिमराले १० खेलाडीमै एआरएलाई कडा चुनौती दिए । अतिरिक्त समयको अन्तिम मिनटसम्म बराबरी खेलेको सिमराविरुद्ध अतिरिक्त समयको तीसौं मिनटमा इबोडेले गोल गर्दै उपाधि होडमा एआरएको यात्रा सुनिस्चित गरे ।

यसअघि आयोजक सिमराले केहि आकर्षक अवसर गुमाएको थियो । खेलको २३ र्आैं मिनटमा सिमराका सामुएल सुनारको प्रहार क्रसबारबाट बाहिरीयो । सेन्टर लाइनबाट एकल प्रयासमा बल अघि बढाएका सामुएलले डिबक्स बाहिरबाट गरेको प्रहार क्रसबार माथी गयो ।
खेलको ५४ औं मिनटमा एलन राइले गरेको प्रहार एआरएका गोलरक्षकले बचाए । रोहन तामाङको क्रसबललाई एलनले डिबक्स भित्रबाट उत्कृष्ट प्रहार गरेका थिए ।

अतिरिक्त समयमा सिमराले अर्को अवसर गुमायो । डोना थापाले गरेको उत्कृष्ट फ्रिकीक एआरएका गोल रक्षकले बचाए । २५ यार्डबाट डोनाले गरेको प्रहार एआरएका गोलरक्षकले क्रसबारमाथी पञ्च गरे ।

अफ्रिकन रुट्सले पनि खेलमा बनाएका केहि आकर्षक अवसरहरु गोलमा परिणत हुन सकेन । खेलको ६१ औं मिनटमा एम्बेलको क्रसबलमा एन्जिमीको प्रहार सिमराका गोल रक्षक राहुल यादवले किल्एर गरे ।

८५ औं मिनटमा एआरएका एम्बाकोपको प्रहार क्रसबारबाट रिवाउण्ड भएको थियो जसलाई सिमराका मोहित गुरुङले क्लिएर गर्दै सिमराको संकट टारे । अतिरिक्त समयको १६ औं मिनटमा एआरएका डिजोमोको अर्को प्रहार क्रसबारबाट बाहिरीयो ।

अतिरिक्त समयको २३ औं मिनटमा इस्मेलको प्रहारलाई सिमराका गोलरक्षकले बचाए । पेनाल्टी एरियामा एन्जिमीले निकालेको उत्कृष्ट पासलाई इस्मेलले प्रहार गरेका थिए ।

खेलको म्यान अफ दि म्याच सिमराका गोल रक्षक राहुल यादव घोषित भए । उनले पाँच हजार नगद र ट्रफि प्राप्त गरे । विहिबार संकटा र एपिएफ फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछन् ।

Write your Comment