विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

रातोघर

 २०७९ जेष्ठ २०, शुक्रबार  मा प्रकाशित
५३० पाठक संख्या


जेष्ठ २० गते, सिमरा /   

आइसिसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको ।

मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी भएको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा सिमित रह्यो ।

 

यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार गरी ६ राष्ट्र सहभागी भएकाे प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउनेछ ।

नेपालले शनिबार यूएई, सोमबार भुटान, मंगलबार थाइल्यान्ड र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban