नेपालको दोस्रो जित

रातोघर

 २०७९ अषाढ ४, शनिबार  मा प्रकाशित
५०२ पाठक संख्या


सीता राना मगरको दुई विकेटप्रेरित नेपालले एसिसी महिला टी २० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो ।

कुवतेका लागि प्रियदा मुरालीले ४० बल खेलेर ३१ सर्वाधिक ३१ रन जोडिन् । यस्तै, मरियम्मा हेदरले १६ तथा कप्तान अम्ना तारिकले १४ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सीताले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । यस्तै, संगीता राई, इन्दु बर्मा र अस्मिना कर्माचार्यले एक एक विकेट लिए ।

पहिलो इनिङ्समा नेपालका लागि कप्तान रुवीना क्षेत्रीले २७ बल खेलेर सर्वाधिक ३४ रन बनाउँदा इन्दु बर्माले ३३ बल खेलेर २८ रन जोडेकी थिइन् । यस्तै, ओपनर ज्योति पाण्डेले १५, विन्दु रावलले रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कुवेतका लागि मरियम्मा हैदरले दुई तथा मरियाम ओमार र खदिजा खालीले एक–एक विकेट लिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban