

युरोपियन वुमन्स च्याम्पियनसिप समूह ‘डी’ मा रहेको फ्रान्सले प्रतियोगितामा शानदार सुरुवात गरेको छ। फ्रान्सले ग्रेस गियोरोको ह्याट्रिकमा इटालीमाथि ५-१ को प्रभावशालि जित निकाल्यो।
मुख्य प्रतियोगिताको उपाधि दाबेदारका रुपमा हेरिएको फ्रान्सले बलियो मानिएको इटालीमाथि रवाफिलो सुरुवात गरेको हो। गियोरोले नवौं मिनेटमा पहिलो गोल गर्दा थप गोल ४० र ४५ औं मिनेटमा गर्दै ह्याट्रिक पुरा गरिन्। पहिलो हाफमा नै पाँच गोल गरेको फ्रान्सले इटालीका लागि थप गोल काटोटवले १२ र कासकारिनोले ३८ औं मिनेटमा गरेका थिए। दोस्रो हाफमा भने फ्रान्सले थप गोल गर्न सकेन्। इटालीले भने ७६ औं मिनेटमा पिएमोन्टेको गोलमार्फत १ गोल फर्काएको थियो।
सोही समूहमा बेल्जियम भने आफ्नो पहिलो खेलमा १-१ गोलको बराबरीमा रोकियो। खेलमा आइसल्यान्डले थोरभाल्डस्डोटीरको गोलमार्फत ५० औं मिनेटमा अग्रता लिएको थियो।
तर बेल्जियमले ६७ औं मिनेटमा पेनल्टीमार्फत खेल बराबरीमा ल्यायो। बेल्जियमका लागि भानहेभरमेटले गरेको पेनल्टीले टिमको संभावित हार टरेको थियो।





Write your Comment