नेपाल नामिबियासँग ६३ रनले पराजित

रातोघर

 २०७९ श्रावण १, आईतबार  मा प्रकाशित
४९९ पाठक संख्या


ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा  नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।

नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७.५ ओभरमै १३६ रनमा अलआउट भयो ।

यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ र आसिफ शेखले ३४ रन बनाए । यस्तै आदिल आलमले २० र रोहित पौडेलले १७ रन जोडे । पवन सर्राफ १० रनमा अविजित रहे ।६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई अलआउट गर्न नामिबियाका बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ५ विकेट लिए । उनले ९.५ ओभरमा २ मेडन राख्दै जम्मा २२ रन खर्चिए । जान फ्रांकलिनले ३ विकेट लिए ।

अयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको थियो ।

नामिबियाका लागि कप्तान जेरार्ड एरासमसले सर्वाधिक ५३ रन बनाए । डेभिड विजाले ३४ र डिभान ला कुक र जेजे स्मिथले समान २७ रन जोडे ।

बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २–२ तथा वसिर अहमदले १ विकेट लिए ।

शृङ्खलाको अन्तिम खेलमा नेपालले आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।

 

 

 

-यात्रा दैनिकबाट साभार

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban