फुटबलका क्रममा भागदौड हुँदा १३३ जनाको मृत्यु भएको स्टेडियम भत्काइने

रातोघर

 २०७९ कार्तिक १, मंगलबार  मा प्रकाशित
५२५ पाठक संख्या


इन्डोनेसियामा एक फुटबल खेलका क्रममा भागदौड मच्चिएर १३३ जनाको मृत्यु भएको स्टेडियम भत्काइने भएको छ। अक्टोबर २ मा पूर्वी जाभास्थित मलाङस्थित स्टेडियममा भागदौड हुँदा सयौं मानिस घाइते भएका थिए।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले स्टेडियम भत्काइने र फेरि नयाँ बनाइने बताएको एपीएफले उल्लेख गरेको छ।

अरेमा एफ सी आफ्नो प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग पराजित भएपछि दंगा सुरु भएको थियो। रेफ्रीले खेलको अन्तिम सिठी बजाउने बितिक्कै फुटबल समर्थक मैदान प्रवेश गरेका थिए। अधिकारीहरुले ३८ हजार जनाको क्षमता रहेको सो स्टेडियममा करिब ३ देखि ४ हजार मानिस मैदान प्रवेश गरेको बताएका छन्। त्यसपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रु ग्यास र लाठी प्रहार गरेको थियो।

प्रहरीको सो कारवाही पछि भिडमा भागदौड मच्चिएको थियो।’एक्जिट एरिया’मा जाने क्रममा केही व्यक्तिको मृत्यु निसास्सिएर पनि भएको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताएका थिए। मृत्यु हुनेमा केही प्रहरी पनि थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban