

काठमाडौं :
नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरी खेलेको छ। १–० ले पछि परेको नेपाललाई सावित्रा भण्डारीले हारबाट जोगाएकी हुन्।
ढाकामा बिहिबार साँझ सम्पन्न भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। घरेलु टोलीमाथि दबाब बनाएको नेपालले २४ औं मिनेटमा गोलको अवसर गुमाएको थियो। सावित्रा भण्डारीको हेडर बंगलादेशकी गोलकिपर रुक्मा चक्माले बचाएकी थिइन्।
६५ औं मिनेटमा बंगलादेशले डेडलक तोड्यो। कप्तान सविना खातुनले सरु लिम्बुबाट खोसेको बललाई गोलमा परिणत गरेकी थिइन्।
नेपाली डिफेन्डरले उनलाई रोक्न सकेनन्। १–० ले पछि परेको नेपाल हार नजिक पुगेको थियो। तर सावित्रा भन्डारीले ४ मिनेटको इन्जुरी समयमा बराबरी गोल गर्दै बचाइन्।नेपालले गत भदौपछि बंगलादेशसँग पहिलो पटक प्रति
स्पर्धा गरेको हो। बंगलादेशसँग नेपाल घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा ३–१ गोलले स्तब्ध भएको थियो।दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आगामी आइतबार हुनेछ।





Write your Comment