सिम्रिक भेन्चर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता, नेपालमै उड्डयन व्यवस्थापन अध्यापन गर्ने तयारी

रातोघर

 २०८० चैत्र २४, शनिबार  मा प्रकाशित
४१३ पाठक संख्या


सिमरा ।

सिम्रिक भेन्चर र काठमाडौं विश्वविद्यालयबीच उड्डयन व्यवस्थापन अध्ययन/अध्यापन सुरु गराउने सम्बन्धमा सहमति भएको छ।

सिम्रिक भेन्चरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सनत न्यौपाने र काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेज्मेन्ट(कुसुम)का डीन प्रोफेसर विजय केसीले उक्त सम्झौतमा हस्ताक्षर गरेका छन्। सन् २०२१ मा दुवै संस्थाबीच केयूमा उड्डयनसम्बन्धी अध्ययन/अध्यापन सुरु गराउने सम्बन्धको आशयपत्रमा सहमति भएको थियो ।

भेन्चरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सनत न्यौपाने र काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेज्मेन्ट(कुसुम)का डीन प्रोफेसर विजय केसीले उक्त सम्झौतमा हस्ताक्षर गरेका छन्। सन् २०२१ मा दुवै संस्थाबीच केयूमा उड्डयनसम्बन्धी अध्ययन/अध्यापन सुरु गराउने सम्बन्धको आशयपत्रमा सहमति भएको थियो।

हस्ताक्षरपछि कुसुमका डीन केसीले केयूको नामसँग जोडिएकाले उत्कृष्ट नतिजा ल्याउने बताए। दुवै पक्षको सहकार्य र कडा मेहेनतले मात्रै नयाँ विषय अध्यापन सफल हुने उनको भनाइ थियो।

कार्यक्रममा सिम्रिक भेन्चरका सिइओ न्यौपानेले उड्डयन क्षेत्रमा मानव संशाधनको संकट रहेको बताए। नेपालको उड्डयन क्षेत्रमा करिब ७ सय पाइलट, ५ हजारलाई प्रत्यक्ष रोजगारी र १५ हजारले अप्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाइ छ।

जहाज पाइलटको एकल प्रयासले मात्र नउड्ने भन्दै उनले प्रत्यक्ष एवं अप्रत्यक्ष सबै कर्मचारीको संयुक्त प्रयासले उड्डयन क्षेत्र चलायमान भएको बताए। २ वर्षको निरन्तर छलफल र प्रयासपछि आजको दिनमा आइपुगेकाले यसलाई नमुना परियोजनाका रूपमा अघि बढाउनुपर्ने सिइओ न्यौपानेको जोड थियो।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेज्मेन्टले सन् २०२४ को अगष्टबाट उड्डयन व्यवस्थापनसम्बन्धी अध्ययन/अध्यापन सुरु गराउने तयारी गरेको छ। अध्यापन सुरु गराउनुपूर्व के-कस्ता सामाग्री राख्ने, अध्यापनको ढाँचालगायतका बारेमा निर्णय गर्न कार्यसमिति गठन गरिएको छ। समितिमा सिम्रिक भेन्चरका २ र कुसुमका २ प्रतिनिधित्व रहेका छन्।

उड्डयन व्यवस्थापन सम्बन्धमा केयूको स्तरलाई मापन गर्नेगरी कोर्सको ढाँचा तयार गरिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। केयूका रजिष्ट्रार डा. अच्युत वाग्लेले पहिलोपटक उड्डयन व्यवस्थापन विषयको अध्ययन नेपालमा सुरु हुन लागेको बताए। केयूले जहिले पनि नयाँ-नयाँ विषयमा अध्यापन गराउन भूमिका खेलेको भन्दै उड्डयन क्षेत्रलाई पनि समेटेर उत्कृष्ट नतिजा निकाल्नुपर्ने उनको भनाइ छ। नयाँ विषय भएकाले पढाउने प्राध्यापकदेखि विद्यार्थी भर्नासम्मको चुनौती रहेको उनले बताए। केयूका सहायक प्रोफेसर डा. विराजसिंह थापाले उड्डयन व्यवस्थापनसम्बन्धी अध्यापनले मानव संशाधन विकासमा ठूलो भूमिका खेल्ने बताए।

त्यस्तै सिम्रिक भेन्चरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले केयूले शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए। उनले उड्डयन क्षेत्र नेपालमा नयाँ उद्योगको रूपमा विकास भइरहेकाले यस क्षेत्रमा मानव संशाधनको कमी रहेको बताए। नेपालको भौगोलिक बनावटका कारण उड्डयन पर्यटक ओसार्नेमा मात्र सीमित नभइ यातायातको साधनको रूपमा पनि रहेको उनले औंल्याए। यस क्षेत्रमा एयरलायन्स बुझेका धेरै भए पनि उड्डयन व्यवस्थापनका अन्य पाटा बुझेका औंलामा गन्यमात्र रहेको उनको भनाइ छ।

क्याप्टेन थापाले संसारले हवाई सुरक्षालाई प्राथमिकता दिइरहेका बेला नेपालमा पनि यस विषयको अध्ययन/अध्यापन हुनु आवश्यक भएको बताए। केयूसँगको यो सहकार्यले संसारको उड्डयन क्षेत्रलाई डील गर्न सक्नेगरी विद्यार्थी तयार हुने विश्वास उनको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban