जगदम्बा जीतपुरसिमरा गोल्डकप : एनआरटी र बिजय युथ भिड्ने

रातोघर

 २०७८ चैत्र १२, शनिबार  मा प्रकाशित
४१२ पाठक संख्या


सिमरा : जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत शनिवार न्युरोड टिम (एनआरटी) र बिजय युथ क्लब हेटौडाबीच खेल हुदैछ । दुई टिमबीचको खेल सिमरा रंगशालामा साझ ५:३० बजेपछि सुरु हुनेछ ।

यसअघि शुक्रवार भएको खेलमा भरतपुर फूटवल क्लब (बिएफसी) चितवनलाई स्तब्ध पार्दै सर्लाहीको बाग्मती युवा क्लब गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । चितवनमाथी २–१ को जित निकाल्दै बाग्मतीले अन्तिम आठको यात्रा तय गरेको हो ।

बाग्मतीको जितमा दिनेश चाम्लिङ्ग राई र प्रदीप लम्सालले समान एक–एक गोल गरेका थिए । चितवनका लागि भने रोशन क्षेत्रीले गोल गरेका थिए ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पााच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban