खेलमैदानमै किरणले गरे प्रेमिकालाई बिहेको प्रस्ताव

रातोघर

 २०७९ श्रावण १७, मंगलबार  मा प्रकाशित
७५३ पाठक संख्या


नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् ।

सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जित्यो भने किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बने । त्यही खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban