नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा आज पाँच स्वर्ण पदकको निर्णय

रातोघर

 २०७९ आश्विन ३१, सोमबार  मा प्रकाशित
५३७ पाठक संख्या


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार एथलेटिक्सको ५ स्वर्ण पदकको निर्णय भएको छ । जसमा नेपाली सेनाले ३ तथा लुम्बिनी र कर्णाली प्रदेशले ११ स्वर्ण पदक हात पारेका छन्।

पोखरा रंगशालामा सोमबार भएको महिला १ सय मिटर हर्डल्समा नेपाली सेनाकी जयरानी थारुले स्वर्ण पदक प्राप्त गरिन्। हिट चरण १५।१६ सेकेन्डको समयमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइसकेकी जयरानीले फाइनलमा स्वर्ण पदक जित्न १५।६९ सेकेन्डको समय लिइन्।

उनले आफ्नै नाममा रहेको १५।२० सेकेन्डको कीर्तिमान उछिनेकी हुन्। यस विधामा नेपाली सेनाकै निर्मला थापाले १६।२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपीएफकी भगीरती कुमारी थारुले १९।१३ सेकेन्डको समयमा पूरा गरेर कास्य पदक जितिन्।

यसैगरी १ सय १० मिटर पुरुष हर्डल्समा पनि नेपाली सेनाकै जीवन चौधरीले स्वर्ण पदक जित्न सफल भए। चौधरीले निर्धारित दुरी १५।०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । सो इभेन्ट्समा पुलिसका चन्द्रदेव जोशीले १५।८१ सेकेन्डसहित रजत पदक तथा सेनाका राम प्रसाद थारुले १६।०० सेकेन्डको समयमा पूरा गरी कास्य पदक जिते।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban