नेपाली नागरिक लिन वायुसेवा निगमको विमान इजरायलतर्फ प्रस्थान

रातोघर

 २०८० आश्विन २५, बिहिबार  मा प्रकाशित
३८८ पाठक संख्या


काठमाडौं ।

इजरायलमा रहेका नेपाली नागरिक लिनका लागि नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल वायुसेवा निगमको विमान बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । गत शनिबार प्यालेस्टीनी विद्रोही समूह ‘हमास’ को आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

त्यस्तै, ४ जना विद्यार्थी घाइते भएका छन् भने एक जना सम्पर्कविहिन छन् । बेपत्ताको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ । त्यस्तै, चार जना घाइतेमध्ये २ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने २ जनाको उपचार भइरहेको छ । सो घटनापछि सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थीलाई उनीहरुको माग बमोजिम नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban